नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
रामेछाप – उमाकुण्ड गाउँपालिका –५ प्रितिको लाप्चानेमा भएको इलाका प्रशासन कार्यालय गएको ९ महिनादेखि बन्द हुँदा उत्तरी भेगका सेवाग्राही मारमा परेका छन् ।
उत्तरी क्षेत्रको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, चुचुरे, प्रिति, भुजी, गुप्तेश्वर, कुभुकास्थली र ठोसे, लगायत ८ वटा वडाका नागरिकहरुलाई सहज र सरल तरीकाले सेवा प्रदान गर्ने उद्धेश्यले संचालन भएको इलाका प्रशासन कार्यालय ६ महिना सञ्चालन पछि बन्द भएको थियो । यो कार्यालयमा कार्यरत कार्यालय प्रमुखको अन्यत्र सरुवा भएको र पछि गृह मन्त्रालयले कर्मचारी पठाउन नसकेको भन्दै बन्द भएका थियो ।
कार्यालयमा १ जना अधिकृत, २ जना नायव सुब्बा १ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी भए पनि अधिकृतको दरबन्दी कायम गरिएको थियो । कार्यालय सञ्चालन भएको केही महिनामै कार्यालय प्रमुखको सरुवा भएर गएपछि पुनः अर्को कार्यालय प्रमुख जिल्लामा नआउँदा कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण कामहरु ठप्प भएको हो ।
जिल्ला सदरमुकाम मन्थलीबाट दुई दिन टाढा पर्ने यो इलाका प्रशासन कार्यालय सञ्चालन हुँदा स्थानीय नागरिकले सहज तरीकाले नेपाली नागरिकता, राहदानी, नाता प्रमाणित जस्ता सेवाहरु गाउँबाटै पाएका थिए । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले भन्नुभयो ‘केही समय सञ्चालनमा आएको इलाका प्रशासन कार्यालय तत्काल संचालन हुनुपर्छ भनेर सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयदेखि तालुके अड्डासम्म धाउँदासमेत अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन ।’
बन्द भएको इलाका प्रशासन कार्यालय पुनः संचालन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले पटक–पटक गृह मन्त्रालयमा परिपत्र गर्दासमेत अधिकृत स्तरको कर्मचारी नपठाएपछि बन्द भएको कार्यालय पुनः सञ्चालन गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी लिलादेवी पाण्डेले जानकारी दिनुभयो ।
कर्मचारी अभावका कारण बन्द भएको यो कार्यालयल चाँडै सञ्चालनमा ल्याउनको लागि आफूले सम्बन्धित निकायमा पत्राचार गरिसकेकाले जतिसक्दो छिटो कार्यालय संचालन गरी नागरिकलाई सेवा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।