प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तरगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्नुभएको हो ।
तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताउनुभयो । उहाँले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफुलाई लागेको कुरा भए पनि नभए पनि, पुष्टि भए पनि नभए पनि गजबले गरिराख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।’
सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोककल्याणकारी विज्ञापन दिनैपर्छ भन्ने चाहिँ के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरि अरु थाेक नै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन ।’
संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उहाँले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताउनुभयो । उहाँले संसद भित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।