मेरो रिसले भए पनि मास्क लगाउने बानी राम्रै हाे: प्रम ओली

 असार २०, २०७६ शुक्रबार १६:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिइएको त्याे निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नुभयो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘देशका लागि राम्रो र फाइदाजनक हुने भो भने अनुकूल समय मिलाएर अवार्ड आयोजना गर्न सरकार तयार छ’, प्रधानमन्त्री ओलीको स्पष्टीकरण थियो, ‘राष्ट्रलाई हानी हुने गरेर अवार्ड आयोजना हुँदैन ।’

उहाँले छलफलको क्रममै रहेकोे अवार्ड आयोजनाकाे विषयलाई ‘सर्वनाश हुने भो’ भनी फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको  त्याे निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभइ मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । समाजवादी पार्टी, नेपालका असन्तुष्ट कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उहाँले काठमाण्डाैमा मास्क लगाउन नपर्ने आफनो अभिव्यक्तिको पनि बचाउ गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले केही दिनअघि काठमाण्डौको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर हिँडन थालेको पनि बताउनु भयो । ‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि मास्क लगाएर हिँडन थालेका छन,’ प्रधानमन्त्री ओलीको दावी थियो,‘ मास्क लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भए पनि मास्क लगाउने बानी राम्रै हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिँदैन ।’

प्रधानमन्त्री ओलीले काँग्रेसप्रति संकेत गर्दै लोकतन्त्रमा चुनाव हारेको दलले पनि सरकारको विरोध गर्न पाउने बताउनु भयो । उहाँले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताउनु भयो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया