प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट ल्याइने तरकारीको विषादी परीक्षण स्थगित गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।
स्वच्छ तरकारी खान पाउने नागरिकको मौलिक हक मिचेर सरकारले विषादी परीक्षणविनै भारतीय तरकारी आयात गर्ने निर्णय दोहोर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियुले जनाएको हो । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले निकालेको विज्ञप्तिमा यो निर्णयले सरकार र सरकारी निकाय विदेशीको अनुचित दबाबमा परेको शंका उत्पन्न भएको भन्दै सरकारले भारतीय तरकारीको विषादी परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने उल्लेख गरिएको छ ।
नागरिकले साथ दिँदादिँदै पनि सरकार पछि हट्ने निर्णय अशोभनीय भएको भन्दै अनेरास्ववियुले भारतीय तरकारी विषादी जाँच गरेर मात्रै नेपाल भित्र्याउने निर्णय पुन: लागू गर्न विज्ञप्तिमा भनिएकाे गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।