च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
तनहुँ – तनहुँमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । १० पालिकामध्ये नौ पालिकामा शुरु गरिएको कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ ।
व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा कार्यक्रम सुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि पालिकामा विकासको काम राम्रो भइरहेको छ ।
कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकामा १०० जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमबाट विपन्न परिवार प्रत्यक्ष लाभान्वित हुनुका साथै ठूलो धनराशि खर्च गरी बनाइएका सडकको मर्मतसम्भार विद्यालय परिसरमा सरसफाइ, बगैँचा निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै देवघाट गाउँपालिकामा ६१ जनाले रोजगारी पाएका छन् । बन्दीपुर गाउँपालिकामा पुन्टेखोला नाला निर्माण, वडा नं २ को गुर्दुम नाला निर्माण र बन्दीपुर गाउँपालिका–१ को पिप्लेनाला निर्माणमा ३५ जनाले काम पाइरहेको रोजगार संयोजक र शरणसिंह गुरुङले जानकारी दिनुभयो ।
भानु नगरपालिकामा सडक, नाला मर्मत, सामुदायिक भवनमा रङरोगन, सार्वजनिक जग्गामा फलफूलका बिरुवा रोपनलगायत कामका लागि २५ जनाले काम पाएका छन् ।
चाम्बास खहरेमा भत्किएको सडक मर्मतका लागि २५, वडा नं १२ स्थित गाउँसेवा कोष र घलेछाप सामुदायिक भवनमा रङरोगनका लागि २५, वडा नं ४ स्थित भानु जन्मस्थल विकास समिति प्राङ्गण सरसफाइ र रङरोगनमा २५ जनालाई खटाइएको नगरपालिकाका रोजगार संयोजक कृपाहरि लौडारीले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकामा बाटो मर्मतका लागि १६ जनालाई खटाइएकोे रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिनुभयो । यसैगरी म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रिसिङ, घिरिङ र बन्दीपुर गाउँपालिकामा पनि कार्यक्रममार्फत विभिन्न कार्यक्रम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।