परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
सिन्धुली - अविरल वर्षापछिकाे बाढी पहिरोमा परेर शनिबार सिन्धुलीमा चार जनाको ज्यान गएको छ भने अन्य तीन जना बेपत्ता अवस्थामा रहेका छन् ।
योसहित बाढी पहिरोमा तीन दिनभित्र ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
दुधौली नगरपालिका–१२, जिनाखुमा पहिरोले पुरेर एकै परिवारका तीन जना र त्यसै नगरपालिका–४ डकाहामा कमला नदीले बगाएका बन्जरा परिवारका सदस्यमध्ये एक जनाको शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक चक्रबहादुर सिंंहले जिनाखुको घट्नामा पहिरोले घरसमेत बगाउँदा आमा, छोरा र छोरी पुरिएको जानकारी आएको बताउँदै प्रहरी घटनास्थलतिर गइसकेको तर विस्तृत विवरण आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।
बिहानीपख सुतिरहेको अवस्थामा माथिबाट पहिरो आएर घर बगाउँदा पहिरोमा पुरिएका आमा, छोरा, छोरी बाहेक बावुलाई भने घाइते अवस्थामा उद्धार गरिएको बताइएको छ । त्यस्तै कमला नदीमा आएको बाढीले बन्जारा परिवारका छ जनालाई सुतिरहेको अवस्थामा बगाएकोमा बालक कार्बनलाई बैरास्थित कमला नदीकै बगरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक सिंंहका अनुसार १८ वर्षीय मिथुन कापरी र उहाँकी भाउजु २३ बर्षिय रेणु कापरीलाई उद्धार गरिएको र उनीहरुकाे आमा मेमेरियल अस्पताल डकाहामा उपचार भइरहेको छ । रेणुको १ वर्षीय छोरा सर्गन, ७ वर्षीय छोरा आँधी र मिथुनकी फूपू ६० वर्षीया मरणी कापरी नदीले बगाएर बेपत्ता अवस्थामा रहेका र उनीहरुको खोजी भइरहेको छ ।
त्यसै ठाँउका १६ घर परिवारलाई भने सुरक्षित स्थानमा सारिएको छ । सिन्धुलीमा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । शुक्रबार फिक्कल गाँउपालिका–१, महादेवडाँडाकी ३५ वर्षीया हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।