वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
उत्तरी थाइल्याण्डको एउटा जलमग्न गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकमध्ये दुई जना बालकलाई सकुशल उद्धार गरिएको छ ।
‘दुई जना बालकलाई उद्धार गरिएको छ । उनीहरुको अहिले गुफाबाहिर रहेको फिल्ड अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको छ’ चियाङ रायका स्वास्थ्य विभागका प्रमुख तोसाथेप बूनथोङले गार्जियनसँग भनेका छन् ।
दुई हप्तादेखि गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकको उद्धार तीव्र गतिमा भैरहेको छ । गुफाको जलस्तर अझ बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै उद्धारमा तीव्रता दिइएको थाई अधिकारीहरुले जनाएका छन् ।
गुफामा फसेका १३ जनामध्ये दुई जनालाई बाहिर निकालिएको छ । बाँकीलाई पनि समूह समूहमा निकालिने बताइएको छ ।
उद्धारकर्मीहरुलाई उद्धृत गर्दै एएफपीले सबैको सबैको उद्धारमा दुई-तीन दिन लाग्न सक्ने बताएको छ । स्थानीय समय अनुसार आइतबार बिहान दश बजे १३ जना गोताखोरको टोली उद्धारका लागि गुफाभित्र गएको थियो ।
लेफ्टिनेन्ट जनरल कोंगचीप तन्त्रवानितका अनुुसार अन्य चार जना बालक पनि केही बेरमा गुफा बाहिर आइपुग्नेछन् । उनीहरु अहिले गोताखोरहरुको बेस क्याम्पमा भएको र केही बेरमा उनीहरु बाहिर निस्कने उनले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Arjun Tiwari
July 9, 2018, 7:40 a.m.हो ! आपत विपतमा पर्दा हरेक देशका सरकार आफ्ना नागरिक प्रति निकै नै जिम्मेवार भई तत्काल उचित कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन ।। हाम्रो देशमा भने सरकारलाई केहि वास्तै हुदैन ,दु:ख लाग्छ ।।