उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
बारा – भारतबाट डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण सफल भएको छ । पाइपलाइनमार्फत् १ हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्याङकीमा जम्मा गर्ने काम भइरहेको छ ।
बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाउन सुरु गरिएको डिजेल शुक्रबार मात्र अमलेखगञ्जमा आइपुगेको हो । शुक्रबार अमलेखगञ्ज डिपोमा एक हजार किलो लिटर डिजेल खसालिएको पेट्रोलियम पाइपलाइन आयोजनाका इञ्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार १ हजार किलोलिटर डिजेल ट्याङकीमा राखेपछि बन्द गर्ने र नेपाल र भारतका प्रधानमन्त्रीहरुले उद्घाटन गरेपछि नियमित रुपमा पाइपलाइनमार्फत् डिजेल ल्याइने इञ्जिनियर पौडेलले बताउनुभयो ।
पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ ।
पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भैसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।