कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुंगा - चम्पादेवी गाउँपालिका-८ का वडाध्यक्ष अजय लुईँटेलले आफ्नै सहकर्मीमाथि कुटपिट गर्नुभएको छ ।लुईँटेलले गाउँपालिकाको कार्यालयमै वडा नम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गर्नुभएको बताइएकाे छ ।
थापाले आफू गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे लुईँटेलले रक्सी पिएर कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिनुभएको छ । उहाँले सार्वजनिक शान्तिविरुद्धको कुसरमा उजुरी दिनुभएको हो । उजुरीमा गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ ।
लुईँटेलले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड स्थानीयले प्रहरीमा बुझाएका छन् । अडियोमा लुईँटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत तथा सुब्बा ईश्वर ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ ।
आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताउनुभयो । थापाको खुट्टामा चोट लागेको छ ।
लुईँटेलविरुद्ध अडियोसहित उजुरी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताउनुभयो । उहाँले उजुरी र अडियो सुनेपछि लुईँटेललाई हाजिर गराउन प्रहरी खटाइएको जानकारी दिनुभएको छ । । उजुरी पर्लुपछि आराेपित लुईँटेल सम्पर्कविहीन हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।