उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै - आर्थिक वर्ष २०७५/७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ लाख रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै राहदानी विभागको लागि गाडी किन्न ४४ लाख दिइएको छ ।
यसैगरी परराष्ट्र मन्त्रालयलाई १ करोड ७१ लाख ४० हजार, मधेशी आयोगका लागि १ करोड ८ लाख, कारागार कार्यालयको लागि २ करोड ४० लाख, कारागार व्यवस्थापन विभागको लागि गाडी किन्न ३९ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।
यस्तै समावेशी आयोगको लागि गाडी किन्न ३ करोड १ लाख २० हजार, दलित आयोगको लागि २ करोड ६१ लाख ९० हजार, महान्यायाधिवक्ताको कार्यालयको लागि २ करोड ८२ लाख २२ हजार दिइएको छ ।
संघीय संसद सचिवालयको लागि गाडी किन्न ६ करोड २८ लाख, महालेखा नियन्त्रकको कार्यालयको लागि १ करोड ४१ लाख ७५ हजार, आदीवासी जनजाति आयोगको लागि २ करोड ८१ लाख ८२ हजार, आपूर्ति व्यवस्थापन विभागको लागि ५० लाख ५० हजार र राष्ट्रिय समाचार समितिलाई ४० लाख रुपैयाँ दिइएको छ ।
वैदेशिक भ्रमणमा सकियो ७ करोड १२ लाख
सरकारले आर्थिक वर्ष २०७५/७६ को अन्तिम महिना अर्थात असारमा वैदेशिक भ्रमणको लागि ७ करोड १२ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा जाँदा १२ लाख २० हजार रुपैयाँ खर्च भएको छ । उहाँको यसअघिको भ्रमणको भुक्तानीको लागि ४ करोड ३७ लाख ५३ हजार २ सय ५० रुपैयाँ खर्च गरिएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन विश्व अष्ट्रियन सम्मेलनमा जाँदा १ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव चीन जाँदा ३ लाख ९९ हजार र केन्या जाँदा ३ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै खेलकुद मन्त्री जगत विश्वकर्मा रुस जाँदा ४ लाख, स्वास्थ्यमन्त्री उपेन्द्र यादव जेनेभा जाँदा ११ लाख ८४ हजार, प्रधानन्यायाधीशको भ्रमणको लागि २२ लाख ६ हजार, वन तथा वातावरणमन्त्रीको वैदेशिक भ्रमणको लागि ३ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।
लेखा समितिको टोली विदेश जाँदा ४१ लाख ९३ हजार खर्च भएको छ । यस्तै अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा २१ लाख रुपैयाँ र अन्य केही भुक्तानी गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।