प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्र...
पुस ७, २०८१ आइतबार
बर्दिया – बर्दियाको खुन्तिपुरमा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले बगाएको दुई जनाको सकुशल उद्धार गरिएको छ ।
बाढीले बगाएर ल्याएको काठ लिन नदी किनारमा गएका बेला बारबर्दिया नगरपालिका–११ खुन्तीपुरका रामभरोसे थारु र अर्का एक जनालाई बाढीले बगाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो । बबई नदीले बगाएका दुवै जनाको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस बर्दियाको उद्धार टोलीले डोरी र लाइफ ज्याकेटको सहायताबाट बगेको स्थानदेखि झण्डै २ किलोमिटर तल गुलरिया नगरपालिकाको भैँसाहीबाट रामभरोसे थारुलाई र अर्का एक जनालाई बालापुरबाट उद्धार गरिएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ । बबई नदीको चेपाङ्गमा रहेको बाढी मापन केन्द्रमा बुधबार बिहान पानीको सतह ५.४ मिटर पुगेकाले बबई नदीको तल्लो तटीय क्षेत्रमा बेलुकासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
२०७१ साल साउन ३० गते बबई नदीमा आएको बाढीले बर्दियामा जनधनको ठूलो क्षति भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।