काम मिलाइदिन्छु भन्दै यात्रुलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ
मंसिर १३, २०८१ बिहिबार
कपिलवस्तु – कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी गुप्ताले नगर मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गर्नु भएको छ ।
मेयर किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगर सभालाई विपक्षी बनाएर उपमेयर गुप्ताले मुद्धा दर्ता गराउनु भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले कामकारबाही अगाडि बढाएको भन्दै उहाँले मुद्दा दायर गर्नु भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ६७ मा भएको प्रावधानविपरीत मेयर अघि बढेको र जबरजस्ती नगर सभा सञ्चालन गरेको भन्दै यसको विरुद्धमा आफूले आफ्नो अधिकार हनन भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको उपमेयर गुप्ताले बताउनुभयो ।
उपप्रमुख गुप्ताले पाँचौँ नगरसभाको निर्णयलाई कार्यान्वयन नगराउन उच्च अदालतसमक्ष माग गराउनु भएको छ । यसबारेमा साउन १५ गते बहस हुने उपमेयरतर्फका कानुन व्यवसायी अधिवक्ता गोकर्ण सिंह थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।