काम मिलाइदिन्छु भन्दै यात्रुलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ

 मंसिर १३, २०८१ बिहीबार १४:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्साको बसपार्क क्षेत्र तथा यातायात कार्यालयमा यात्रुहरूलाई दुःख हैरानी दिने १८ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनी पैसाको मोलमोलाइ गर्ने, कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी कानून विपरीत अत्यधिक सेवा शुल्क लिने १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै पर्साका १५ जना छन् । यस्तै रौतहट, गोरखा र भारतको बिहारका एक/एक जना रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताउनुभयो । उनीहरूमाथि शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया