बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
थाइल्याण्डको गुफामा फसेको थप चार जनाको उद्धार गरिएको छ ।
सोमबार थप चारजनाको उद्धार गरिएको अधिकारीले बताएका छन् । आइतबार र सोमबार गुफामा फसेका ८ जनाको उद्धार गरिएको छ । द गार्जियनका अनुसार उद्धार गरिएका सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।
स्रोतका अनुसार पाँचौ बालकको उद्धार त्यहाँको स्थानीय समय अनुसार बेलुका पाँच बजे भएको थियो । ६ बजे छैटौं र केही घण्टाको अन्तरमा सातौं र आठौं बालकको उद्धार गरिएको गार्जियनले उल्लेख गरेको छ ।
चार जनालाई उद्धार गर्न आइतबार आठ घण्टाको समय बिताएका उद्धारकर्ताहरुले सोमबार बिहान ११ बजेदेखि उद्धारको काम सुरु गरेका थिए । सोमबार उद्धारका लागि दोस्रो टोली परिचालन भएको थियो । अब गुफामा एकजना प्रशिक्षक र चारजना बालक रहेका छन् । अाजका लागि उद्धार कार्य स्थगित भएकाे छ । सम्भवत: मंगलबार सबैजनाकाे उद्धार भइसक्ने छ ।
उत्तरी थाइल्याण्डको एउटा गुफामा १५ दिनदेखि फसेका १२ बालक र उनीहरुका प्रशिक्षकलाई बाहिर निकाल्न अाइतबारदेखि अभियान सुरु भएको हाे । अाइतबार स्थानीय समय अनुसार बिहान १० बजे २३ जना उद्धारकर्ताको समूह बच्चाहरुलाई बाहिर निकाल्न पठाइएको थियाे ।
गएको २३ जुनमा गुफामा घुम्न गएका बालबालिका र उनीहरुका प्रशिक्षकलाई ९ दिनपछि गएको मंगलबार गुफाभित्र सकुशल रहेको भेटिएका थिए । गएको मंगलबारदेखि नै उनीहरुको उद्धारको लागि प्रयास गरिए पनि उनीहरुलाई बाहिर निकाल्न सकिएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।