पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
पत्रकारिता जगतमा आफ्नो अलग पहिचान बनाउन सफल एनडीटीभी इण्डियाका म्यानेजिङ एडिटर रवीश कुमार फेरि एकपटक सम्मानित भएका छन् । यस पटक उनी वर्ष २०१९ को रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका हुन् । रवीश कुमारलाई यो सम्मान हिन्दी टेलिभिजन पत्रकारितामा गरेको योगदानका कारण मिलेको हो ।
रमन म्यागासेसे पुरस्कारलाई एसियाको नोबेल पुरस्कार मानिन्छ । रमन म्यागासेसे पुरस्कार एसियाका व्यक्ति तथा संस्थाले गरेको उल्लेखनीय कार्यका लागि प्रदान गरिन्छ । यो पुरस्कार फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रमन म्यागासेसेको सम्झनामा प्रदान गर्ने गरिन्छ ।
पुरस्कार प्रदान गर्ने संस्थाका अनुसार रवीश कुमारलाई यो सम्मान ‘आवाजविहीनहरुको आवाज’ बनेका कारण दिइएको हो । रमन म्यागासेसे अवार्ड फाउण्डेशनले यस सम्बन्धमा भनेका छन् ‘रवीश कुमारको समाचार कार्यक्रम ‘प्राइम टाइम’ आम मानिसको वास्तविक जीवनसँग जोडिएका समस्यासँग सम्बन्धित रहेको छ ।’
रवीश कुमारको अलावा २०१९ को म्यागासेसे अवार्ड म्यानमारका को स्वे विन, थाइल्याण्डका अंगखाना नीलापाइजित, फिलिपिन्समा रेमुण्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ–कीले प्राप्त गर्न सफल भएका छन् ।
यसअघि सन् २००२ मा नेपालका भारतदत्त कोइराला, २००७ मा महावीर पुन, १९७७ मा महेशचन्द्र रेग्मी, २००६ मा डाक्टर सन्दुक रुइत र २०१३ मा शक्ति समूह रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।