जिम्मेवारी पूरा नगर्ने र कार्य क्षमता नभएका कर्मचारीलाई बिदा दिइने मन्त्री पण्डितकाे भनाइ

 साउन १७, २०७६ शुक्रबार १८:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिनुभएको छ । 

मन्त्री पण्डितले कार्य क्षमताको अभाव भएका कर्मचारीलाई बिदा गर्ने पनि स्पष्ट पार्नुभयो । शुक्रबार मन्त्रालयद्वारा आयोजित वार्षिक कार्य प्रगति समीक्षात्मक बैठकमा बोल्दै उहाँले दिइएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कुनै पनि किसिमको छुट दिन नसकिने सचेत गराउनु भयो । 

मन्त्री पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेको स्मरण गराउँदै त्यसलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराउनु भयो । तोकिएको काम पूरा नभए सम्बन्धित कर्मचारीमाथि कडा कारबाही हुने मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनामा गएका कर्मचारीहरुको तह र श्रेणीको तलबमा देखिएको समस्या एक हप्ताभित्र समाधान गर्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीहरुको सुविधामा कुनै समस्या नहुने तर तोकिएको जिम्मेवारी पूरा नगरे कडा कारबाही हुने स्पष्ट पार्नुभयो । 

मन्त्री पण्डितले गएको वर्ष आफ्नो मन्त्रालयले व्यवस्थाकीय काममा उल्लेख्य प्रगति गरेको दावी गर्दै चालु आर्थिक वर्षमा विकास, निर्माणको कामलाई तीव्रता दिने पनि बताउनु भयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया