नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
रामेछाप – खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम विस्फोट गराएका छन् ।
विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए ।
ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवनमासमेत क्षति पुगेको छ । शुक्रबार राति नै विस्फोट गराइएको भए पनि शनिबार बिहानमात्रै स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।
घटनाको सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।
dhama paudyal
Aug. 3, 2019, 11:30 a.m.यसरि बम पड्काएर केहि उपलब्धी हुनेवाला छैन । हुन त बिप्लब को समुहको उद्देस्य नै पनि केवल आफुहरुले जबर्जस्ती उठाएको क थित चन्दा (कर्) पचाउने र दाता लाई त्यो पैसा हामिले खाएका छैनउ भनेर देखाउने मात्र हो । यो प्रचन्ड पथ को अर्को स्वरुप मात्र हो ।