कतारकाे दाेहामा नेपथ्यले विशेष प्रस्तुति दिने

 साउन २०, २०७६ सोमबार १७:१५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लोक रक ब्याण्ड 'नेपथ्य' दोस्रो पटक कतारको राजधानी दोहामा प्रस्तुति दिन यही हप्ता त्यसतर्फ जाने भएको छ । 

इस्लाम धर्मावलम्बीहरुको चाड ‘इद उल अदा’ को सार्वजनिक बिदाको मौका पारेर त्यहाँ बसोबास गर्दै आएका नेपाली समुदायलाई सांगीतिक कोसेली लिएर नेपथ्य कतार जान लागेको हो । 

नेपथ्यले अगष्ट १२ (साउन २७ गते) बेलुकी सात बजेदेखि दोहाको ‘एसियन टाउन एम्पीथिएटर’ मा प्रस्तुति दिनेछ । यसअघि सन् २०१४ को सेप्टेम्बर १९ मा नेपथ्यले पहिलो पटक आफूलाई कतारको भूमिमा उभ्याएको थियो ।

कतारमा कन्सर्टको आयोजना ‘लेभल एफएन एडभर्टाइजिङ एण्ड इभेन्ट’ का तर्फबाट लक्ष्मणप्रसाद चौलागाइँले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् ।

‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरु समेत विशेष तवरबाट छनौट गरेका छौं’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं ।’

सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया