वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
दाङ - डिभिजन वन कार्यालय दाङले वन तथा वातावरणको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै दाङका उज्यालो सहकर्मी हेमराज शर्मालाई सम्मान गरेको छ ।
चौथो सामुदायिक वन दिवसका अवसरम शनिबार घोराहीमा भएको कार्यक्रममा डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले सम्मान पत्रले उज्यालो सहकर्मी शर्मालाई सम्मान गर्नु भएको थियो ।
नदी उकास, सार्वजनिक र निजी जग्गामा बृहत्तर वृक्षारोपण गर्ने अभियान अन्तर्गत नदी उकास जग्गामा वृक्षारोपण, सडक किनार रोपण र नीति वन विस्तारमा आमसञ्चार माध्यमबाट जनचेतना जगाउन र प्रचारप्रसार महत्पूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको हो ।
डिभिजन वन कार्यालयले गएकाे आर्थिक वर्षमा निजी वनका उत्कृष्ट मणिभद्र गौतम, बिजुलीदेवी बिक र मालती नेपाली, निजी वन विस्तारमा बिरुवा वितरण र स्थलगत सहजीकरण गर्ने प्रतिभा तिमल्सिना र कुसुम गौत लगायतकालाई पुरस्कार एंव सम्मान पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।