च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
साउन १६ अर्थात अगस्ट १ देखि पुस १५ अर्थात डिसेम्बर १ सम्मको लागि मलेसियाले आममाफीको समय दिएको छ । मलेसियामा अवैधानिक रहेका नेपाली सहित अरु देशका नागरिकले यो समयमा आफ्नो देश फर्कन पाउनेछन् ।
वैधानिक बनेर स्वदेश फर्किनको लागि दूतावास आउनेको संख्या बढिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
‘अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सयवटा ट्राभल डकुमेन्ट बनिसकेको र त्यसबाहेक क्वालालम्पुर बाहिर गएर पनि थप ८० वटा डकुमेन्ट बनाइसकेका छौँ’ दूतावासका द्वितीय सचिव प्रतिक कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले यो पटक १२ देखि १४ हजारसम्मले सेवा लिने अपेक्षा गरेको भन्दै बढीभन्दा बढी अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन आफूहरु लागिपरेको बताउनुभयो ।
‘दूतावासका कर्मचारीहरु क्वालालम्पुरबाहिर विभिन्न ठाउँमा पुगेर पनि अवैधानिक भएकाहरुको ट्राभल डकुमेन्ट बनाउने काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘केही अध्यागमन कार्यालयमा सेवा लिन चाहने नेपाली कामदारलाई सजिलोको लागि दूतावास आफैले यातायात सेवा प्रदान गरेको छ ।’
नेपाली दूतावासले गर्न सक्ने काम आफूहरुले गरेको भन्दै पैसा नभएका अथवा समस्यामा परेकाहरुलाई ट्राभल डकुमेन्ट निःशुल्क बनाइदिएको उहाँले बताउनुभयो ।
यस्तै अवैधानिक भएका सबै नेपाली कामदारलाई अझै समय बाँकी छ भनेर नबस्न र जतिसक्दो चाँडो नेपाल फर्किनको लागि प्रक्रिया सुरु गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।