प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - गणतन्त्र इण्डोनेसियाको ७४औंँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्र प्रसाद ढकालले इण्डोनेसियाको झण्डोत्तलन गर्नुभयाे।
वाणिज्यदुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा भएकाे कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो ।
वाणिज्यदूत ढकालले इण्डोेनेसियाको शान्ति र समृद्धिको कामना गर्दै २००८ देखि नै विभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताउनुभयो ।
नेपाल र गणतन्त्र इण्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको ढाकामा रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।