स्वास्थ्य संस्था बन्द गर्ने चिकित्सकलाई कडा कारबाही गछौं : राज्यमन्त्री अर्याल

 असार २७, २०७५ बुधबार १६:८:५७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले नागरिकको स्वास्थ्यमा खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडानप्रति लक्षित गर्दै राज्यमन्त्री अर्यालले  स्वास्थ्य संस्था बन्द गर्ने डाक्टरलाई कडा कारबाही गर्ने बताउनुभएको हो ।

राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न  चिकित्सकहरुलाई सचेत गराउनुभयो । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताउनुभयो । राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गर्न पटक–पटक आग्रह गरेको बताउनुभयो ।

राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने बताउनुभयो ।

 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया