एनपीएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
मंसिर २०, २०८१ बिहिबार
अर्घाखाँची - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउनुभएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै मन्त्री बाँस्कोटाले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताउनु भयो ।
देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको बताउँदै उहाँले पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने बताउनु भयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको बताउनु भयो ।
सरकारले विकास गरेन भनेर भन्ने दुस्प्चार भैरहेका बताउँदै सरकारले गरेका कामलाइ राम्रोसँग नियाल्न पनि आग्रह गर्नु भयो । रोपेको धान पाक्न त तीनदेखि चार महिना लाग्ने बताउँदै सरकारले गरेका काम झ्याप्पै नदेखिने बताउनुभयाे ।
आम नागरिकलाई सचेत बनाउने काम पत्रकारहरुबाट हुन नसकेको गुनासाे गर्दै मन पत्रकार आचारसंहिताभित्र रहेर कलम चलाउन पनि पत्रकारहरुलाइ आग्रह गर्नुभयो । सञ्चार मन्त्रीको गाडीले कपिलवस्तुमा मयुर हानेको भन्नेजस्ता गलत प्रचार नगर्न पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।