बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
गोरखा – नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंंह पुरीले ऐतिहासिक गोरखा दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।
भारत सरकारको सहयोगमा गोरखामा सञ्चालित विकास परियोजनाको अवलोकनका लागि गोरखा आउनुभएका पुरीले गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा–अर्चना पनि गर्नुभयो ।
गोरखा दरबार पुनर्निर्माणको अवस्था अवलोकन गर्ने क्रममा उहाँले संघीय समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईलाई सम्झनु भयो । दूतावासका कर्मचारीहरुले गोरखा दरबारको ऐतिहासिक महत्वबारे बताउँदै गर्दा राजदूत पुरीले ‘भट्टराई पनि गोरखाकै हो नि ?’ भनेर सोध्नुभएको थियो ।
मन्दिरमा दर्शन र दरबार पुनर्निर्माणको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजदूत पुरीले बाबुराम भट्टराई गोरखामा कत्तिको लोकप्रिय हुनुहुन्छ? भनेर जिज्ञासा राख्नु भएको थियो । लोकप्रिय भएरै त अघिल्लो संघीय चुनावमा विजयी हुनु भएको हो भन्ने पत्रकारको जवाफपछि पुरी मुस्कुराउनु भयो । साथै पुरीले डाक्टर भट्टराईको घर कता पर्छ? भनेर पनि सोध्नुभएको थियो ।
पत्रकारहरुसँग कुरा गर्दै राजदूत पुरीले नेपालमा भैरहेको पुननिर्माणको प्रगतिप्रति भारत सरकार सन्तुष्ट रहेको बताउनु भयो । हालसम्म पुननिर्माणको ८५ प्रतिशत काम सकिएको भन्दै उहाँले छिट्टै नेपाल पुरानै लयमा फर्किने आशा व्यक्त गर्नुभएको थियो ।
छिमेकीको हिसाबमा भारतले नेपाललाई विपद् परेको बेला सानो सहयोग गरेको भन्दै उहाँले पुननिर्माणको अवस्थाबारे नागरिकहरु सन्तुष्ट छन् कि छैनन् भनेर पत्रकारहरुसँगै जिज्ञासा राख्नुभएको थियो । राजदूत पुरीले भन्नुभयो, ‘नेपाल खुशी भएपछि भारत पनि स्वतः खुशी हुन्छ ।’
आइतबार उहाँको भारत सरकारको सहयोगमा सञ्चालित नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत भएका कामको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यो परियोजना यूएनडीपी मार्फत नुवाकोट र गोरखामा यो परियोजना सञ्चालित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।