बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
म्याग्दी – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ काे बेली जेम जाने चोकमा बिहीबार दिउँसो नचिनेका व्यक्तिको कुटपिटबाट एक युवती गम्भीर घाइते भएकी छिन् ।
अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते हुनेमा नेष्डो नेपाल माइक्रो फाइनान्स दरबाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्री रहेकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
तनहुँ जिल्ला घर भएर हाल दरबाङमा काम गरिरहेकी क्षेत्री र माइक्रो फाइनान्सकी अर्की कर्मचारी अनिता गिरी सहकारीको पैसा उठाएर फर्कने क्रममा दुई जना नचिनेका पुरुष व्यक्तिले शुष्मालाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । घाइते क्षेत्रीको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत पोखराकाे मणिपाल शिक्षण अस्पतालमा पुर्याइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
कुटपिटबाट घाइते क्षेत्रीको घाँटी र टाउकोमा काटेको तथा बोल्न नसक्ने अवस्था रहेको प्रहरी निरीक्षक शर्माको भनाइ छ । घटना हुने क्रममा क्षेत्रीसँगै गएकी अनिता गिरी भने उक्त स्थानमा नभएको जनाइएको छ । घटनाकाे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
कुटपिटमा संलग्न व्यक्तिहरुको हुलियासहितको विवरण र कुटपिट हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट समेत प्रहरी नायब निरीक्षकको नेतृत्वमा समेत थप ६ जनाको प्रहरीको टोली दरबाङतर्फ खटाइएको सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।