प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 भदौ २०, २०७६ शुक्रबार १२:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनु भएको छ । 

उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।

मिर्गौलासम्बन्धी उपचारका लागि गएको ५ गते प्रधानमन्त्री ओली सिांगापुर जानुभएको थियो । उहाँको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो । 

१२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचार हुँदै आएको छ । यसअघि उहाँ गएको साउन १८ गते उपचारकै लागि सिंगापुर जानुभएको थियो । त्यो बेला पनि १० दिनको उपचारपछि स्वदेश फर्कनु भएको थियो । 

स्वदेश फर्केको केही दिनमा नै फेरि स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ गते पुनः सिंगापुर जानुभएको हो ।  

शरिरमा एण्डिबडीको मात्रा बढेकाले मिर्गौलामा समस्या देखिएको र अहिले एण्टिबडी घटाउनकै लागि प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको उहाँका निजी चिकित्सक डा.दिव्या सिंह शाहले जानकारी दिनुभयो । 

अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रबार नै काठमाण्डौ फर्किनुभएको छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया