प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – सिंगापुरमा दुई साता लामो उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको छ ।
मिर्गौलामा समस्या देखिएर उपचारका लागि सिंगापुर पुगेर फर्किनुभएका प्रधानमन्त्रीको उपचारपछिको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो धेरैलाई छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल(एनयूएच)मा सात चरणमा प्लाज्मा फेरेसिस विधिबाट प्रधानमन्त्रीको मिर्गौलाको उपचार गरिएको छ ।
प्रधानमन्त्री ओली पहिलो पटक उपचारका लागि सिंगापुरबाट फर्केको एक सातामै फेरि उपचारका लागि जानुभएकाले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यका बारे चासो राखेका हुन् । संसद बैठकमै पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सांसदहरुले चासो राखेका थिए ।
पहिलो पटक साउन १८ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमै १० दिन उपचार गराएर फर्कनुभएको थियो । त्याहाँबाट फर्केको एक सातामै भदौ ५ गते फेरि उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।
प्रधानमन्त्रीको शरिरमा एण्टिबडी बढेपछि स्वास्थ्यमा नकारात्मक असर देखिँदा त्यसको निराकरणका लागि प्रधानमन्त्री दोस्रो पटक सिंगापुर जानुभएको हो । शुक्रबार फर्किनुभएका प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एण्टिबडी वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको र उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको प्रधानमन्त्रीको निजी चिकित्सक डा.दिव्या सिंह शाहले बताउनुभयो ।
अब प्रधानमन्त्रीले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुने पनि उहाँले बताउनुभयो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उहाँको नियमित उपचार हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।