प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
भक्तपुर – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश–३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको बताउनु भयो ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउनु भयो । प्रधानमन्त्री ओलीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमासमेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनु भयो ।
देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी र कर्मचारीलाई सरकारले पार्टीकोजस्तो बनाउन खोजेको सभापति देउवाको आरोप थियो । सरकारले संधिानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उहाँले बताउनु भयो ।
सभापति देउवाले अब कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै अन्तर्घातीलाई पार्टीले कारबाही गर्ने पनि बताउनु भयो । पार्टी एक हुनु जरुरी रहेको बताउँदै उहाँले पार्टीमा एकले अर्कालाई हराउने रोगको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई व्यक्तिगत स्वार्थभन्दामाथि उठाएर जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले आफ्नै पीडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनु भयो ।
त्यस्तै महामन्त्री डा. शशांक कोईरालाले सरकार जनताका स्वतन्त्र संस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले विगतका कमजोरी सच्च्याएर पार्टीमा सन्तुलन कायम गर्दै राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदममा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुले पार्टी एक हुँदै कांग्रेसलाई सुदृढ बनाउने र नयाँ पुस्तालाई पार्टीमा कसरी आकर्षित गर्ने बारेमा प्रशिक्षण केन्द्रीत हुने बताउनु भयो ।
प्रशिक्षणमा प्रदेश ३ का १३ जिल्लामध्ये सात जिल्ला– काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका २ सय ८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् । प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार बाँकी प्रदेश ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि पछि मकवानपुरमा प्रशिक्षण दिइनेछ ।
प्रदेश नं. ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने सचिव आचार्यले बताउनुभयो ।
कांग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूर पश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।