प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ - नेपाली कांग्रेसले आउँदो मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत तीन वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।
प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको हो । प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको भने टुंगो लाग्न बाँकी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बाँकी चार वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधि पनि छिट्टै टुंगो लाग्ने उहाँले जानकारी दिनुभयो ।
हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ जना केन्द्रीय प्रतिनिधि परेका छन् भने १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा भने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २ जनाका दरले प्रतिनिधि खटाइएको छ । केन्द्रीय प्रतिनिधिमा पूर्वमन्त्री, पूर्व सांसद, पूर्व सभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वारहरु रहेका छन् ।
कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ । कांग्रेसले यसअघि गएको वैशाख २५ देखि जेठ २५ सम्म एक महिना पहिलो चरणको अभियान सञ्चालन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।