विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल सरकारको ऋण १० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
साउन मसान्तसम्म सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी छ भने आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । साउन महिनामा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको वैदेशिक ऋण लिएको छ ।
सरकारको तिर्न बाँकी ऋण तुलना गर्दा आन्तरिक ऋण ४२ दशमलव ५ र वैदेशिक ऋण ५७ दशमलव ५ प्रतिशत रहेको छ । आन्तरिक ऋण नलिएको डलरको भाउ बढेकाले बाह्य ऋणको बोझ थपिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७६-७७ को पहिलो महिना अर्थात साउनमा २ अर्ब ६० करोड रुपैयाँ वैदेशिक अनुदार र २ अर्ब ५७ करोड वैदेशिक ऋण गरी ५ अर्ब १७ करोड रुपैयाँ शोधभर्ना रकम प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७६ सालको असार मसान्तसम्म नेपाल सरकारको आन्तरिक तथा बाह्य ऋण अघिल्लो वर्षको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो ।
मन्त्रालयका अनुसार असार मसान्तसम्म सरकारको ऋण आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ र वैदेशिक ऋण ५ खर्ब ९३ अर्ब ८५ करोड रुपैँया रहेको थियो । गएको वर्ष सरकारले ९३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋण र ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक गरी कुल १ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
यस्तै गएको वर्ष सरकारले ५४ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ ३४ अर्ब ४ करोड र वैदेशिकतर्फ २० अर्ब ४ करोड रुपैयाँ ऋण तिरेको मन्त्रालयले जनाएको छ ।
गएको वर्ष सरकारले पायो ४५ अर्ब अनुदान, ७८ अर्ब ऋण
गएको आर्थिक वर्षमा सरकारले ४४ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक अनुदान र ७८ अर्ब वैदेशिक ऋणको प्रतिबद्धता पाएको थियो छ । अनुदान र ऋण गरी सरकारले गएको वर्ष १ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७६-७७ को पहिलो महिना अर्थात साउनमा वैदेशिक मानव स्रोत विकास छात्रवृत्ति अन्तर्गत पहिलो र दोस्रो चरणका लागि ६३ करोड ९९ लाख र विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि ३० करोड ५७ लाख गरी ९४ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक अनुदान प्रतिबद्धता प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।