आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
काठमाडाैं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक समग्र चिकित्सा शिक्षा क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गरिएकाले विरोध गर्नुको औचित्य नरहेको बताउनुभएको छ ।
शिक्षा विभाग र नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा गरेको शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
विगतको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पास गर्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी जुम्लामा अनसन बसिरहेका बेला सरकारका मन्त्रीले वर्तमान सरकारले ल्याएको विधेयक उत्कृष्ट रहेको दाबी गर्नुभएको हो ।
डाक्टर केसीको जस्तै मेहनत आफूले प्रतिस्थापन विधेयक ल्याउन गरेको भन्दै उहाँले त्यो संसदबाट पास नभई फिर्ता भएपछि फेरि विधेयकलाई संसदमा दर्ता गरिरहेको बताउनुभयो ।
उहाँले विधेयकले नयाँ मेडिकल कलेजको स्वीकृति दिने, नयाँ मेडिकल कलेज खोल्ने तथा समग्र चिकित्सा शिक्षाको अनुगमन र नियमन गर्नका लागि शक्तिशाली आयोगको व्यवस्था गरेकाले त्यस विषयलाई उठाउनु जरुरी नभएको तर्क गर्नुभयो ।
माथेमा कार्यदलले दिएको सुझावलाई हुबहु स्वीकार गर्न नसकिने भन्दै उहाँले विश्वविद्यालय शिक्षा र विद्यालय शिक्षा हेर्ने निकाय भिन्न हुनुपर्ने दाबी गर्नुभयो ।
विधेयकमा छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीले कम्तिमा सुगममा ३ वर्ष र दुर्गममा २ वर्ष सेवा गर्नुपर्ने, ३७ सदस्यीय आयोगलाई १७ मा झारिएको र एउटा विश्वविद्यालयले कति वटालाई सम्बन्धन दिने लगायत विषयको अन्तिम टुंगो लगाउने जिम्मा पनि आयोगलाई दिईएको स्पष्ट पार्नुभयो ।
चिकित्सा शिक्षा विधेयकलाई लिएर काठमाडांैमा १० वर्ष मेडिकल कलेज खोल्न दिन हुँदैन भन्ने प्रावधान झिकिएको, सम्बन्धन, छात्रवृत्ति तथा ३ सय शैया नभएपनि मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्ने आरोप आफूमाथि लाग्दै आएको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रमा विषयगत दक्षताको कमी देखिएको टिप्पणी गर्नुभयो ।
शिक्षामन्त्री पोखरेलले पार्टी पत्रकारिताभन्दा माथि उठेर सही सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गरि पेशागत उत्तरदायित्व वहन गर्न पत्रकारहरुलाई सचेत पनि गराउनुभयो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।