भोलिदेखि शुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अन्तिम चरणमा
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीले बताएका छन् ।
बुधबारदेखि काठमाण्डाैमा सञ्चालन भइरहेको ‘नेपाल पूर्वाधार सम्मेलन–२०१९’ अन्तर्गत बिहीबार आयोजना गरिएको ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीले लगानीको सम्भावना र क्षेत्र औँल्याएका हुन् । युवा उद्यमीले विभिन्न पाँच वटा नवीनतम विधामा आफ्ना नमूना उद्यमशील अवधारणा ९आइडिया हण्ट० प्रस्तुत गर्दै पिपिपीमा लगानी गर्न सकिने बताएका हुन् ।
कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब नौ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गर्नुभयो । कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उहाँको सुझाव छ ।
‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताउनुभयो ।
नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक सात अर्ब रुपैयाँको स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन यसले सघाउने उहाँको भनाइ छ । ‘बायो इञ्जिनियरिङ’को रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उहाँले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्ति पनि लगानीका लागि आउन सक्ने बताउनुभयो ।
युनाइटेड वर्ल्ड स्कूल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकाले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गर्नुभयो । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्याङ्क संयोजनमा सहयोग पुग्ने उहाँले भनाइ थियो ।
स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समय र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्नुभएको थियाे । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उहाँले प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
‘द टीम आवास’की विधि मण्डलले नेपालका प्रमुख शहरहरुमा प्लाष्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लाष्टिक र ४० प्रतिशत बालुवा र अन्य मिश्रण प्रयोग गरी इँटा बनाउन सकिने योजना प्रस्तुत गर्नुभयो । उहाँले अहिले परीक्षणको रुपमा इँटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिनुभयो ।
‘टीम आगमन’की संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडक निर्माण गर्दा जमीन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गर्नुभयो । उहाँले सिमेन्ट, ढुङ्गा प्रयोग गर्दा जमीनलाई थप भार पार्ने भएकाले केमिकल प्रयोग उपयुक्त हुने बताउनुभयो ।
‘स्मार्ट घर समूह’की श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताउनुभयो । उहाँले स्मार्ट घरले मोबाइल एपको विकास गरेकाले न्यूनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताउनुभयो । यो एपको प्रयोगबाट घरको ढोका, झ्यालदेखि, आइरन, बत्ती, पानीको ट्याङ्की पनि बन्द गर्न बिर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उहाँको भनाइ छ ।
इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादनसम्बन्धी विषय प्रस्तुत गर्नुभयो । बायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पिक ऊर्जा उत्पादन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा युवा उद्यमीले विभिन्न विधामा पिपिपीलगायत अवधारणामा आधारित १० वटा प्रस्तुति दिएका थिए । प्रस्तुत अवधारणा ९आइडिया हण्ट० मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसङ्घले पुरस्कृत गर्ने भएको छ । प्रथम हुनेले एक लाख ५० हजार, द्धितीयले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ashu
Sept. 12, 2019, 9:58 p.m.'टीम आगमन' Hip Hip Hurray!!