आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
माघ ९, २०८१ बुधबार
काठमाडाैं - नेपाल चिकित्सक संघले अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न आग्रह गर्दै राष्ट्रिय जनता पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघका पदाधिकारीले शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्यलाई भेटी गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विषयमा अनसन बस्नुपर्ने अवस्थाले चिकित्सा पेशाको मर्यादा धरापमा पर्दै गईरहेको अनुभूति भएको भन्दै डाक्टर केसीको जीवनरक्षाको लागि विशेष पहल गर्न आग्रह गरेको हो ।
भेटमा चिकित्सकहरुले चिकित्सा शिक्षा विधेयकको वास्तविक भावना र मर्मलाई तोडमोड गर्ने सरकारको निर्णयले आफुहरुलाई दुखी र आक्रोशित बनाएको बताए ।
डाक्टर केसीको मागमा राजनीतिक दलहरु मौन बस्ने हो भने विधिको शासन धरापमा पर्ने र चिकित्सा शिक्षा क्षेत्रमा अकल्पनीय अवस्था श्रृजना हुने भएकाले विद्यमान समस्याको निराकरण हुनुपर्ने निष्कर्ष संघले निकालेको छ ।
संघले विद्यमान समस्या समाधानका लागि पहल नभएमा मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राज्यले विनाशर्त वार्ता टोली गठन गरी कुनै पनि अवस्थामा डाक्टर केसीको जीवन रक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले डाक्टर केसीको माग सम्बोधन र जीवनरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।
यथास्थितिमा नै चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गर्नुपर्ने माग गर्दै डाक्टर केसी जुम्लामा अनसनरत हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।