नेपाली बजारमा प्याजको भाउ बढ्दै

 भदौ २८, २०७६ शनिबार ८:६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा सुकेको प्याज महँगो हुँदै गएको छ । किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो । 

नेपालमा लगाएको प्याज बाढीले बगाएको तथा लगातार पानी पर्दा उत्पादन कम भएपछि प्याजमा पनि भारतकै भर पर्नुपरेको छ ।

तर भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया