सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप नगर्न शिक्षा मन्त्रीकाे आग्रह

 भदौ २८, २०७६ शनिबार १९:५२:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री पोख्रेललले भन्नुभयो, ‘जथाभावी शिक्षक नियुक्ति गर्ने, सरुवा गर्नेभन्दा पनि शिक्षाको आर्थिक समस्या, भौतिक समस्या तथा शिक्षकबीचमा भएका गुटबन्दी अन्त्य गर्न जरुरी रहेको छ ।’ 

प्रदेश नम्बर-३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणलीको सवलीकरण’ भन्ने नाराका साथ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएको हाे । 

शिक्षकहरु पार्टीको कार्यसमितिमा बसेर काम नगर्न पनि उहाँले सुझाव दिनुभयाे ।

शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउँदै उहाँले राजनीतिमा धेरै बहस, छलफल हुने तर शिक्षामा धेरै छलफल नभएका कारण गुणस्तर राम्रो हुन नसकेको बताउनुभयो । विद्यार्थीलाई विद्यालय एक्लैले सुधार गर्न नसक्ने भएकाले घर, परिवार र समाजबाट पनि रुपान्तरण गर्नुपर्ने उहाँकाे भनाइ थियाे

। सामुदायिक विद्यालयमा हर कुरालाई रुपमान्तरणसँग जोड्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘निजी विद्यालयका विद्यार्थीलाई आमाले, बुवाले विद्यालयसम्म पुर्‍याउने, खाजा लगिदिने, लिएर आउने तर, सामुदायिक विद्यालयमा किन त्यसो नगर्ने त ?’ 

पेशाप्रति प्रतिबद्ध र कामप्रति जवाफदेहिता भएका शिक्षक अहिलेको आवश्यक्ता रहेको बताउँदै उहाँले शिक्षक सकारात्मक भएर परिवर्तनको संवाहकको रुपमा अगाडि बढेमात्र शिक्षामा सकारात्मक परिवर्तन आउने अभिव्यक्ति दिनुभयाे। 

सरकारले सार्वजनिक शिक्षामा धेरै लगानी गरे पन त्यस अनुसार प्रतिफल लिन नसकिएको बताउँदै मन्त्री पाेखरेलले एकै वर्ष काम गरेर राम्रो रिजल्ट आउने नभइ शिक्षामा गुणस्तर आउन थुप्रै समय काम गर्नुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • रामविनय यादव,

    Sept. 15, 2019, 6:44 p.m.

    शिक्षक सेवा आयोगबाट सिफारिस भइ विभागबाट समेत जिल्लामा नियुक्ति का लागि विधिवत पठाइएको र यहाँबाट समेत नियुक्ति गरी नगरपालिका पठाइएको शिक्षकले भदौ 2 गते नै प‌त्र न.पा. मा दर्ता गराइसकेको छ तर अहिलेसम्म न.पा. लहानले पदस्थापनाकाे लागि पत्र दिएको छैन। बेकारको बखेरा गरि अल्झाएर राखेको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया