पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
माेरङ - विराटनगरबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज काठमाण्डौमा अवतरण गर्न नसकेर पुन: विराटनगर फर्किएको छ । त्यस्तै भद्रपुरबाट काठमाण्डौ उडेका दुई वटा जहाज पनि फर्किएर विराटनगरमा अवतरण भएको छ ।
विराटनगर विमानस्थलमा बुद्ध एअरको तीन वटा, यती एअरलाइन्सको २ वटा गरी पाँच वटा जहाज विराटनगर विमानस्थलमा अवतरण भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले चन्द्रगढीबाट आएको दुई वटा र विराटनगरबाट उडेको एउटा जहाज फर्किएको जानकारी दिए । विराटनगरबाट उडेको जहाज काठमाण्डौमा अवतरण गर्न नसकेपछि विराटनगर नै आएको छ ।
मौसममा आएको खराबीका कारण यती एअरलाइन्स र बुद्ध एअरलाइन्सको जहाज पनि काठमाडौको लागि उड्न सकेको छैन । २ घण्टादेखिको उडानमा भएको अवरुद्धका कारण विराटनगर विमानस्थल खचाखच भरिएको विराटनगरबाट काठमाण्डाैका लागि उड्न विमानस्थल पुगेका यात्रु चन्द्र उपाध्यायले जानकारी दिनुभयाे ।
लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिबिलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण वन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयाे ।
विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एअरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।