बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
गोरखा - गोरखामा खारेज भैसकेको कार्यालयको भवन निर्माण भएको छ ।
पहिलेको जिल्ला भूसंरक्षण कार्यालयको लागि गोरखा नगरपालिका-९, ठिंगुरेस्वाँरामा भवन निर्माण गरिएको हो । भवन निर्माण गरिएकाे कार्यालय भने २०७४ चैत २८ गते खारेज भैसकेको छ ।
गोरखा–आँबुखैरेनी सडकखण्ड अन्तर्गत ठिंगुरेस्वाँरामा कार्यालयको साढे दुई तले भवन निर्माण भएको हो । दुई तल्ला कार्यालय र माथिल्लो तल्ला कार्यालय प्रमुखको आवास कक्षका रुपमा प्रयोग हुनेगरी भवन बनाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
प्राधिकरणले जिल्लाका पाँचवटा कार्यालयको भवन निर्माण गर्ने क्रममा भूसंरक्षण कार्यालयको पनि नयाँ भवन बनाइएको हो । खारेज हुने निर्णय हुनुभन्दा पहिले नै ठेक्का सम्झौता भएकाले निर्माण अघि बढाइएको भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
प्राधिकरणले एकै प्याकेजमा ठेक्का लगाएर भूसंरक्षणसहित जिल्ला सरकारी वकिल, राष्ट्रिय अनुसन्धान, कृषि र हुलाक कार्यालयको भवन निर्माण गरेको हो । पाँच वटै भवन निर्माणका लागि रवीना, डाँफे ड्रागन जेभी नामको कम्पनीसँग सन् २०१७ को मे २१ तारिखमा ठेक्का सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनकी प्रमुख सुनीता श्रेष्ठले बताउनुभयो ।
सबै भवन निर्माणको कुल लागत १८ करोड १७ लाख रुपैयाँ रहेको उहाँको भनाइ छ । पाँच वटामध्ये पहिलेको जिल्ला कृषि विकास कार्यालय पनि संघीयतासँगै खारेजीमा परेको छ । तर साविकको कृषि कार्यालयको भवनमा गण्डकी प्रदेश सरकारको कृषि ज्ञानकेन्द्र नामको कार्यालय स्थापना गरिएको छ ।
निर्माण पूरा भएपछि त्याे भवन ज्ञानकेन्द्रलाई नै हस्तान्तरण गरिने इकाइ प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सरकारी वकिल, अनुसन्धान र हुलाक कार्यालय भने यथावत छन् । निर्माण पूरा भएपछि अरु कार्यालय कसलाई हस्तान्तरण गर्ने भन्नेमा समस्या नभए पनि भूसंरक्षण कार्यालयको हकमा भने प्राधिकरणबाट आएको निर्देशन अनुसार गरिने उहाँको भनाइ छ ।
पुननिर्माण प्राधिकरणले भने कुनै न कुनै रुपमा त्याे भवन प्रयोगमा आउने बताएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीले भन्नुभयो, ‘त्यत्रो भवन बनिसकेको छ, सरकारी सम्पत्ति हो, कुनै न कुनै सरकारी कार्यालयले त्यसलाई उपयोग गर्न सक्छन् ।’
भवन निर्माण पूरा नहुँदै विभिन्न कार्यालयले आफ्ना लागि भवन माग गर्न थालिसकेका जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।