पालिका उपचुनाव आज : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - चालु आर्थिक वर्षको २ महिनामा जम्मा १ दशमलव ३१ प्रतिशत विकास खर्च भएको छ ।
सरकारले विगतका वर्षहरुमा विकास खर्च नहुने समस्यालाई यो वर्ष पार लगाउने भने पनि विकास बजेट खर्चको अवस्था सुधार हुन नसकेको हो ।
सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट छुट्याएकोमा साउन र भदौ महिनामा जम्मा ५ अर्ब ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो छुट्याइएको रकमको जम्मा १ दशमलव ३१ प्रतिशत हो ।
यस्तै ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याइएकोमा २ महिनामा ६२ अर्ब ७३ करोड अर्थात ६ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।
सरकारले यो वर्ष ११ खर्ब, १२ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा साउन र भदौमा १ खर्ब ४४ अर्ब रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको १३ दशमलव ९८ प्रतिशत हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।