श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
सिरहा – सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।
गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।
साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो ।
दुवै बालिकाको शव पोष्टमर्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) जनक पुरीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।