पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँले बढ्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न हवाइ कम्पनी, तथा निजी र सरकारी संघ संस्थाले तिर्नुपर्ने बक्यौता २ अर्ब नाघेको छ । साउन मसान्तसम्म प्राधिकरणलाई विभिन्न कम्पनीले २ अर्ब १९ करोड ८८ लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीले ८२ करोड ७ लाख ६५ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीले ४ करोड ८३ लाख ७२ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।
यस्तै सञ्चालनमा रहेका आन्तरिक हवाई कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ तिर्न बाँकी छ । सञ्चालनमा नरहेका आन्तरिक हवाई कम्पनीले ८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् ।
यस्तै सञ्चालनमा रहेका सरकारी निकायले ६५ करोड १५ लाख रुपैयाँ प्राधिकरणलाई तिरेका छैनन् । सञ्चालनमा रहेका विभिन्न संघ संस्था र पार्टीले ५१ करोड ८७ लाख रुपैयाँ तिरेका छैनन् । यस्तै सञ्चालनमा नरहेका विभिन्न संघ संस्था र पार्टीले ३ करोड ६ लाख रुपैयाँ तिरेका छैनन् । अन्य केही रकम जोडेर २ अर्ब १९ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ
महिना दिनभित्र ६५ करोड रुपैयाँ तिर्न १९५ कम्पनीलाई सूचना
नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ९५ कम्पनीका नाममा सूचना जारी गरेर ३० दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । मंगलबार १ सय ९५ कम्पनीको नाममा सूचना निकालेर प्राधिकरणले ३० दिनभित्र हिसाब फरफारक गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार १ सय ९५ कम्पनीले प्राधिकरणलाई विमानस्थल शुल्कसहित विभिन्न शीर्षकमा ६५ करोड ८ लाख रुपैयाँ तिर्न बाँकी छ ।
सूचनाअनुसार सबैभन्दा धेरै बक्यौता एअर एसियाको रहेको छ । नेपालमा उडान बन्द रेको एअर एसियाले प्राधिकरणलाई १८ करोड ९४ लाख २१ हजार रुपैयाँ तिर्न बाँकी छ । यस्तै गल्फ एअरले २ करोड २२ लाख, कस्मिक एअरले ३ करोड ४९ लाख, ग्रीनल्याण्ड इन्टरनेशनल १ करोड ७८ लाख र देशप्रेम इन्टरनेशनल १ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।
प्राधिकरणलाई तिर्न बाँकी २ अर्ब १९ करोड रुपैयाँ बाँकी रहे पनि अहिले १ सय ९५ कम्पनीका नाममा ६५ करोड रुपैयाँ तिर्न सूचना जारी भएको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।