प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनु भएको छ ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहनुभएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिँजाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।
पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले नेकपालाई जनताले सर्वाधिक रुचाएकाले नेपालमा लोकप्रिय हुन पुगेको स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सतिसालझैँ उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटक-पटक पाउने गरेको स्मरण पनि गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।