पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँले बढ्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – दशैँसम्म प्याजको भाउ नघट्ने व्यवसायीले बताएका छन् ।भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले भाउ महँगो भएको उनीहरुको भनाइ छ ।
असोज लागेपछि प्याजको भाउ बढ्न थालेको हो । कालिमाटी थोक बजारमा भदौको अन्तिमसम्ममा किलोको एक सय रुपैयाँसम्ममा पाइने प्याज अहिले एक सय २५ रुपैयाँ खुद्रा मूल्यसम्म पुगेको छ ।
बुधबार भने प्याज किलोको एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । यो मूल्य मंगलबारको मूल्यको तुलनामा कम हो । तर खुद्रा व्यवसायीले भने समितिले तोकेभन्दा अझै महँगोमा प्याज बेच्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन् ।
कालिमाटीमा एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिए पनि बाहिरका खुद्रा व्यापारीले भने एक सय ३० देखि एक सय ४० रुपैयाँसम्म पनि लिने गरेका छन् । काठमाण्डौ उपत्यका बाहिर भने भाउ केही सस्तो पर्छ ।
नेपाली बजारमा पाइने प्याज धेरैजसो भारतबाट नै ल्याउने गरिएकाले भारतमा उत्पादन नबढ्दासम्म भाउ नघट्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताउनुभयो । दशैँपछि भारतमा हुने उत्पादनको आधारमा घटबढ हुन सक्ने उहाँको भनाइ छ ।
स्वदेशी उत्पादनले नपुग्ने भएकाले प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका अनुसार ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाटै आयात हुन्छ । नेपालमा उत्पादन लागत धेरै भएकाले किसानले खेती गर्न नचाहने हुँदा भारतबाट आयात गर्नुको विकल्प नभएको केन्द्रका प्रमुख अर्जुन काफ्लेले बताउनुभयो । उहाँका अनुसार नेपालको तुलनामा भारतमा प्याजको उत्पादन लागत कम पर्छ ।
काठमाण्डौको कालिमाटीमा मात्रै दैनिक १८ देखि २० टन प्याज भारतबाट आयात हुने गर्छ । हिजोआज भने आयात घटेर ८ देखि १० टन मात्रै रहेको व्यवसायीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।