पालिका उपचुनाव आज : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १६, २०८१ आइतबार
जुम्ला - जुम्लामा पछिल्लो समय किसानहरुले स्याउका चानासहित विभिन्न परिकारहरु बनाएर बिक्री गर्न थालेका छन् ।
अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको चाना बनाउन किसानहरु उत्साहित भएका हुन् । जुम्लामा स्याउका चानादेखि विभिन्न प्रकारका परिकारहरु बनाउने सीप सिकेपछि किसानहरु स्याउका चाना तथा विभिन्न प्रकारका परिकारहरु बनाउन जुटेका हुन् ।
सीप सिकेकामध्ये एक हुनुहुन्छ स्थानीय धर्मराज न्यौपाने ।उहाँले विगत १० वर्षदेखि स्याउको चाना बनाएर बिक्री गर्दै आउनुभएको छ । न्यौपानेजस्तै गाउँका गाउँका अरु किसानहरुले पनि तालिम लिएर स्याउका चाना बनाएर बिक्री गर्न सुरु गरेका छन् । चन्दननाथन गरपालिका-४ का न्यौपानेले ‘निलकष्ठ स्याउचाना उद्योग’दर्ता गरेर घरमै स्याउका चाना उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
वार्षिक साढे दुई लाख आम्दानी:
बर्सेनि स्याउकाे सिजन भएको ३ महिनामा ७ देखि १० क्विन्टल सुकाएको चाना उत्पादन गर्दै आएको र त्यसबाट दुईदेखि साढे दुई लाख रुपैयाँ फाइदा हुने गरेको न्यौपानेले जानकारी दिनुभयाे । उहाँले ३ महिनाको स्याउका चानाबाटै परिवारको खर्चकाे जाेहाे हुने गरेकाे बताउनुभयाे ।
उहाँले स्याउकै आम्दानीबाट जेठी छोरी अन्जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स र छोरा अरुणलाई इन्जिनियर पढाउनुभएकाे छ । दुवै छाेराछाेरीले पढाइ सकेर आ-आफ्ना क्षेत्रमा काम गर्न सुरु गरिसकेका छन् ।
अहिले न्यौपानेकाे उद्याेगबाट उत्पादित स्याउका चाना बजारका मुख्य बिक्री केन्द्रहरुमा होलसेलमा बिक्री हुने गरेको छ ।
उहाँले घरकाे छत, कोठा, भान्सादेखि सबै ठाउँमा स्याउका चाना सुकाउनु भएको छ । याे वर्ष १० क्विन्टलभन्दा बढी चाना उत्पादन गर्ने लक्ष्य अनुरुप स्याउका चानाकाे एक हजारभन्दा बढी सिल तयार हुने क्रममा रहेकाे उहाँले जानकारी दिनुभयो ।
स्याउ किसानलाई स्याउ प्रशोधन (खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन) कार्यालय जुम्लाले लामो समयदेखि स्याउका चाना, जाम, जेली लगायतका विभिन्न परिकारहरु उत्पादन गर्न तालिम दिँदै आइरहेको छ ।
डिभिजन प्रमुख अमितभुषण सुमनले तालिमले स्याउ किसानलाई विभिन्न परिकारहरु बनाएर व्यवसाय गर्न सहयाेग गरेकाे बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।