ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
पुस ८, २०८१ सोमबार
इलाम – सामाजिक सञ्जालमा चलाइएको अभियानबाट संकलन भएको रकमले नै इलाममा अनाथ बालबालिकाका लागि पक्की भवन निर्माण भएको छ । संकलित 'राहसल बाल गृह'को लागि पक्की भवन निर्माण गरिएको छ ।
इलाम नगरपालिका–९ गोलाखर्कमा सामाजिक सञ्जालमा चलाइएको अभियानबाटै दुई तले पक्की भवन निर्माण गरिएको हो । ४१ लाख रुपैयाँको लगानीमा भवन बनाइएको हो ।
विक्रम संवत २०७५ असोज ६ गते वसन्त पञ्चमीको दिनदेखि फेसबुकमार्फत आर्थिक संकलन गर्ने अभियान चलाइएको ‘स्रोत व्यवस्थापन अभियान समिति’ का संयोजक चन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समितिमा मसँगै विनय तिम्सिना, दिनेश श्रेष्ठ, नरेश श्रेष्ठ र बुद्धमाया सोङमी भएर अभियानमा अहोरात्र खटिएका थियौँ । फलस्वरुप सात महिनामा नै पक्की पवन निर्माण सम्पन्न गरी अनाथालयलाई हस्तान्तरण गरिसकेका छौँ ।’
दुई तले पक्की भवनमा २० जना बालबालिकालाई पुग्ने आवश्यक लत्ता कपडासहित ओच्छ्यान बनाइएको छ । अलग्गै पढ्ने कोठा, कार्यालय कक्ष, बैठक कक्ष र कार्यक्रम सञ्चालनका लागि समेत बेग्लै कोठाको व्यवस्था गरिएको छ । मनोरञ्जनको लागि टीभी र हरेक गतिविधि निगरानीका लागि सीसीटीभी पनि जडान गरिएको छ ।
रकम सहयोग गर्ने प्रतिबद्धता गरेकाहरुबाट अझै ६ लाख रुपैयाँ संकलन हुन बाँकी रहेको अभियानका संयोजक राईले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण गर्दा तीन लाख रुपैयाँ भने ऋण लागेको छ । अनाथालय निर्माणमा झापाका राजेश भण्डारी, इलामकी प्रेम कुमारी खड्कीले तीन/तीन लाख रुपैयाँ उपलब्ध गराएका छन् । इलामकै रतन चौधरीले तीन लाख रुपैयाँ प्रतिबद्धता गर्नुभएकोमा एक लाख रुपैयाँ उपलब्ध गराइसक्नु भएको छ ।
यस्तै अनाथालयको भवन बनाउन इलामको पशुपतिप्रसाद गणका दुई सय १७ जनाले श्रम गरेका थिए भने स्थानीयले पनि आवश्यकता अनुसार सामग्री दिएका थिए । भवन निर्माणका लागि तीन सय जनाले नगद र निर्माण सामग्री उपलब्ध गराएका छन् । अभियानमा एक सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म नगद प्राप्त भएको थियो । सहयोगमा केही विद्यालयका ‘विद्यार्थीले खाजा खर्च कटाएर समेत सहयोग’ गरेको समितिले जनाएको छ ।
सुरुमा कच्ची घर बनाएर बुवाआमा नभएका दुई जना बालबालिकाबाट अनाथालय सुरु गरिएको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानले बताउनुभयो । अहिले अनाथालयमा १५ जना बालबालिका छन् । ‘चार कोठे एउटा घरमा सबै जना बस्नु पर्दा निकै समस्या हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘नयाँ घर निर्माण सम्पन्न भएपछि भने छात्र र छात्रालाई तथा तीन जना स्टाफलाई समेत एकै ठाउँमा बस्नुपर्ने बाध्यता हटेको छ । नयाँ भवनमा अरु बालबालिका पनि राख्न सक्छौँ ।’
इलाम नगरपालिका–९, गोलाखर्कका राजेन्द्र चौहानले संस्थाकै नाममा आठ रोपनी जग्गा निःशुल्क दान गरी सुरु गर्नुभएको अनाथालय विक्रम संवत २०६६ सालमा दर्ता गरी २०६८ सालदेखि आमाबावु नभएका बालबालिका राख्न थालिएको हो । अनाथालयमा रहेका बालबालिका सुनाखरी बोर्डिंग, सुनाखरी आधारभूत विद्यालय र भगवती माविमा अध्यनरत छन् । इलाम, झापा, पाँचथर, ताप्लेजुङसम्मका बालबालिका अनाथालयमा रहेका छन् ।
अनाथालयका बालबालिकाको शिक्षाका लागि सुनाखरी बोर्डिंग स्कुलले आठ जनालाई निःशुल्क पढाइरहेको छ । अनाथालयमा रहेका अन्य बालबालिकको विभिन्न व्यक्तिले एसईईसम्मको शिक्षाको व्यवस्था गरिरहेका छन् । जसमा तीन/तीन जना बालबलिकाको जिम्मा 'इलाम टी हाउस'का हरि गुरुङ र प्रविण श्रेष्ठले लिएको समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।