पालिका उपचुनाव आज : निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – जापानको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच भेटवार्ता भएको छ ।
मन्त्री पुनले बुधबार जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्य मन्त्री योसिताका इतोसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
ऊर्जा र जलविद्युत्लगायतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले भेटवार्तामा दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गर्नुभएको छ । उहाँले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गर्नुभएको छ ।
भेटमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागी आग्रह गरेको जानकारी दिनुभयो । जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाउनुभएको छ । जापानका सम्राटको राज्यभिषेक कार्यक्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने थाहा पाउँदा खुशी लागेको पनि उहाँले बताउनुभयो ।
मन्त्री पुनले बिहीबार जाइकाका कार्यकारी उपाध्यक्षसँग नलसिंहगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।