पूर्व मन्त्री लामाको अन्त्येष्टि

 असोज ९, २०७६ बिहीबार १८:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सत्यमान लामाको बिहीबार बौद्ध धार्मिक परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । 

मधुमेह र फोक्सोमा संक्रमण देखिएपछि केही दिनअघि काठमाण्डौको हेल्पिङ हेण्ड्स अस्पतालमा भर्ना हुनुभएका नेता लामाको बुधबार बिहान १० बजेर २५ मिनेट जाँदा निधन भएको थियो । 

पञ्चायतका हस्ती मानिनुभएका लामाको पार्थिव शरीरलाई बुधबार बौद्धको तामाङ गुम्बामा राखिएको थियो । गुम्बाबाट उहाँको पार्थिव शरीरलाई लामा गुरुहरु, पार्टीका नेता, कार्यकर्तालगायतको उपस्थितिमा शव यात्रासहित दिउँसो १ बजे स्वयम्भू पुर्‍याइएको थियो ।

शव यात्रा सुरु हुनुपूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्व. नेता लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । 

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका वरिष्ठ नेता बालाराम घर्ती मगर, राजनीतिक सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, पार्टी उपाध्यक्ष तोरणबहादुर गुरुङ, महामन्त्री भाष्कर भद्रालगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका पदाधिकारीहरु बौद्धको तामाङ गुम्बा पुग्नुभएको थियो । 

७४ वर्षको उमेरमा निधन भएका उहाँको श्रीमती, दुई जना छोरा र तीन जना छोरी हुनुहुन्छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया