सरकार चिनियाँ राष्ट्रपतिको भ्रमणकाे प्रतीक्षामा छ: मन्त्री बाँस्काेटा

 असोज ९, २०७६ बिहीबार १७:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार चिनियाँ राष्ट्रपति सी जिन पिङको असोजको अन्तिम साता हुने भनिएको नेपाल भ्रमणको तीव्र प्रतिक्षामा रहेको बताउनुभएको छ । 

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको कार्यतालिका भने खुलाउन चाहनुभएन ।

‘समयक्रममा उहाँको नेपाल भ्रमणको कार्यतालिका खुल्दै जानेछ’, मन्त्री बाँस्कोटाको भनाइ थियो, ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय हितमा केन्द्रित हुनेछ ।’

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार विश्वका जुनसुकै मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणको स्वागत गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो । चीनको आर्थिक तथा सामाजिक विकासबाट नेपालले धेरै सिक्ने सक्ने पनि मन्त्री बाँस्कोटाको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाउँदै केही मिडियाले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया