प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षभित्र पार्टीलाई सम्पूर्ण नागरिकको एक मात्रै पार्टी बनाउने दाबी गर्नु भएको छ ।
अध्यक्ष प्रचण्डले नेकपालाई सम्पूर्ण नागरिकको एकमात्रै पार्टी बनाउन देशभर अभियान सञ्चालन गर्ने घोषणा पनि गर्नुभयो । त्यसका लागि केन्द्रीय कार्य समितिको बैठक तत्काल बोलाएर आवश्यक योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।
शुक्रबार काठमाण्डौमा आयोजित पार्टी सम्पर्क समन्वय कमिटीको भेलामा बोल्दै उहाँले पार्टीे सिंहको झैँ गर्जन लिएर देशव्यापी अभियानमा जाने तथा आम कार्यकर्ता र नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान नै सञ्चालन गर्ने पनि बताउनुभयो ।
अध्यक्ष प्रचण्डले दश लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुने चेतावनी पनि दिनुभयो । अध्यक्ष दाहालले एक वर्षयता पार्टीका झण्डै १० लाख कार्यकर्ताले काम नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भए पनि अब पार्टी कामले गति लिने दाबी पनि गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।