बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर - हेटौँडा उपमहानगरपालिकामा शनिबार साँझ श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
शनिबार दिउँसो भरतपुरको मोडर्न अस्पतालमा उहाँको मृत्यु भएपछि साँझ उपमहानगरपालिकाको प्राङगणमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली व्यक्त गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उहाँको पार्थिक शरीरमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित खुलालले उपचारका क्रममा मृत्यु भएको हो ।
श्रद्धाञ्जली सभामा संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामा, नेकपा मकवानपुरका कार्यालय सदस्य बद्री लम्साल, एकालाल श्रेष्ठ, उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु, राजनीति दल, शुभचिन्तक लगायतकाे सहभागिता रहेको थियो ।
उपमहानगरपालिका कार्यालयमा आइतबार बिदा
हेटौँडा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य रुपमा खुलाल गोलेको मृत्यु भएसँगै आइतबार असोज १२ गते उपमहानगरपालिकामा बिदा दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।