मौसममा सुधार हुँदै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

 असोज १३, २०७६ सोमबार ८:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबारदेखि मौसममा सुधार आएको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानदेखि नै आकाश खुल्न थालेको छ । अब बिस्तारै मौसम खुल्ने र पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।

सोमबार पूर्व र पश्चिमका केही ठाउँ बाहेक अरु ठाउँमा पानी पर्ने सम्भावना कम भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको गुजरातमा बनेको पानी पार्ने प्रणालीका कारण पूर्वमा र बिहारमा बनेको प्रणालीका कारण पश्चिममा सोमबार सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । 

देशका अरु ठाउँमा भने पानी पर्ने खासै सम्भावना छैन । अहिले बादल लागेको ठाउँमा पनि विस्तारै मौसम खुल्दै जाने र रातितिर हल्का पानी पर्ने पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असोज १३ गते सोमबार

दिउँसो : देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ।

राति : देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

असोज १४ गते मंगलबार

दिउँसो : देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति :  देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

असोज १५ गते बुधबार

दिउँसो : देशभर आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया